• २०८१ फाल्गुन ५ गते सोमवार

गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहने बताएका छन् ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको बताए ।

उनले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’ ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ ।

प्रतिक्रिया दिनुहोस