माघ २८, काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार संघको युथ फोर्स विभागले आयोजना गरेको विरोध कार्यक्रममा आयल निगम कार्यालय परिसरमा गाडी धकेलेर मुल्यवृद्धिको विरोध गरेको हो ।
संघले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ गरि आयलका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । यसअघि पनि राष्ट्रिय युवा संघका महिलाहरुले पनि मूल्यवृद्धिको विरोध गरेका थियो । कार्यक्रममा संघका संयोजक किरण पौडेल, कार्यालय टिमका सदस्यहरु लगायत युथ फोर्सका सयौं संख्यामा कार्यकर्ताके उपस्थिती रहेको थियो ।
प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गरेका थिए ।