माघ २८, काठमाडौं । चर्चित हास्य कलाकार तथा निर्देशक ‘पाँडे’ अर्जुन घिमिरेलाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।
६८ बर्षकी आमालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि आमा कोमामा पुगेकी थिइन् ।आमाको आजै अन्त्येष्ठि गरिने परिवार श्रोतले जनाएको छ । आमाको निधनप्रति बिभिन्न सेलिब्रेटीले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।