• २०८१ असार ३ गते आइतवार

थप १६ जनामा काेराेना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, काठमाडौ  । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १३ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ६३ जना रहेकाे मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ३४ हजार दुई सय ७५ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस