• २०८१ साउन १ गते मङ्गलवार

नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, नयाँ दिल्ली। मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए ।

उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरुमा जनाइएको छ । ९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस