• २०८२ बैशाख ९ गते मङ्गलवार

कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६४८ पुगेको छ ।केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए ।

गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या करिब १८० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस