• २०८२ बैशाख १७ गते बुधवार

मुगुमा औषधि पुग्दैन, झारफुकको भरमा बिरामी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि समयमै नपुग्दा त्यहाका स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुवको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन् ।

मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेब र अनमी गरी दुई जनाको दरबन्दी भए पनि स्वास्थ्कर्मी नियमित स्वास्थ्य सस्थामा नबस्दा गाउँमा कोही बिरामी पर्दा सिटामोलसमेत पाउँदैनन् भने बिरामी झारपुक र झाँक्रीको भरमा बस्ने गरेका हुन् ।

४०० घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरु बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौँ मूल्यका भवनहरुमा माकुराको जालो लाग्न थालेकाे छ ।

यहाँका स्थानीयलाई बिरामी पर्दा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला, जानुपरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयासमा रहेकाे मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलले बताए ।

प्रतिक्रिया दिनुहोस