• २०८२ जेष्ठ ७ गते मङ्गलवार

आँबुखैरेनीमा सडक भाँसिएपछि यातायात अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, तनहु । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस