• २०८१ साउन १ गते मङ्गलवार

एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको टुंगो लगाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं। नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ ।चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो ।

महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्ति अनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने छ ।

प्रतिक्रिया दिनुहोस