• २०८१ असोज २९ गते मङ्गलवार

११ अंकले घट्यो नेप्से

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । आज साताको अन्तिम  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।

यसक्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ । व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत समूह २७ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस