• २०८१ असोज २० गते आइतवार

राप्रपाको पदाधिकारी बैठक जारी, पशुपतिशमसेर पनि सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक केन्द्रीय कार्यालय धुम्वाराहीमा सुरू भएको छ । कमल थापाको बहिर्गमनपछि बोलाइएको बैठकमा समसामयिक राजनीतिको समीक्षा र स्थानीय चुनावको तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको पनि सहभागिता रहेको छ । यस्तै प्रदेश समितिका अध्यक्षहरूले पनि बैठकमा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस