माघ २७, काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको बहसलाई लिएर राजदूत ¥यान्डी जे बेरीले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार ट्वीटरमार्फत बेरीले भनेका छन् : म जान्न उत्सुक छु । तपाईंले अनलाइनमा अफवाहहरुको पहिचान कसरी गर्नुहुन्छ रु म जिज्ञासु छु, तपाईंले कसरी अनलाइनबाट जानकारी लिनुहुन्छ । चम्किला अक्षरबाट रु विश्वसनिय नभएका दावी गरिएका स्रोतबाट के तपाईंले सूचनाको तथ्यजाँच वा वैकल्पिक दृष्टिकोण एकीकृत गर्नुहुन्छ रु’
उनले उक्त ट्वीटर पोस्ट कुनै स्पष्ट कुराप्रति लक्षित नगरेपनि एमसीसीलाई लिएर नेपाली मिडिया र सामाजिक संजालमा आइरहेका सूचनाप्रति असन्तुष्टि रहेको कुरा बुझ्न कठिन छैन । ‘गलत सूचना’ले ब्यापकता पाइरहेको भन्ने अमेरिकी गुनासो पहिलोपटक भने चाहिँ होइन ।