• २०८० चैत्र १६ गते शुक्रवार

टेनिस स्टार जोकोभिकलाई रिहा गर्न अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, मेलबर्न । अष्ट्रेलियाको अदालतले टेनिस स्टार नोभाक जोकोभिकलाई अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको छ । साथै, उनलाई देश निकाला गर्ने सरकारी निर्णयलाई समेत अदालते उल्टाइदिएको छ ।

अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् । यसैसाता अष्ट्रेलिया सरकारले जोकोभिकले खोप प्रोटोकल पालना नगरेको र उनले अष्ट्रेलिया छाड्नुपर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई जोकोभिकले कानूनीरुपमा चुनौति दिएका थिए ।

न्यायाधीश एन्थोनी केलीले ३० मिनेटमित्रै जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि अष्ट्रेलियन ओपनमार्फत २१ औं पटक ग्रान्डस्लाम टाइटल जित्ने उनको आशा पलाएको छ । गत बिहीबारदेखि जोकोभिक सरकारको डिटेन्सन होटलमा थिए । उनका वकिललाई भर्चुअलमाध्यममार्फत पैरवी गर्न अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस