• २०८१ बैशाख ४ गते मङ्गलवार

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं ।  सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा एक हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

सयपत्रीले १३ देखि १७ साउनसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस