• २०७९ असोज ९ गते आइतवार

देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।दिउँसो देशभर बदली रहनेछ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस