• २०७९ माघ २५ गते बुधवार

जुम्ली युवामा बढ्दै कृषि मोह, तर यहाँ पनि बिचौलियाको बिगबिगी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार २५, जुम्ला । पछिल्लो समय जुम्लाका धेरै युवा व्यावसायीक रुपमा कृर्षितर्फ अग्रसर भइरहेका छन् । विषेशगरी पढेलेखेका युवाले कृषिलाई पेशा बनाउँदा अन्य व्यक्तिहरूको पनि सयप्रति मोह जागेको देखिन्छ । जसले बेरोजगारी मात्रै बढाएको छैन कृषि उत्पादन समेत बढेको छ ।

युवाहको प्रयासमा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयले पनि सहयोग गरिरहेको छ । मल, बीउ, सिंचाई, यान्त्रिकरण जस्ता सामग्री अनुदानमा कृर्विा विकास कार्यालयले सहयोग गरेको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘युवाहरूको यो प्रयास निकै राम्रो छ । जसले बुबाआमाले गर्दै आएको पेसालाई आधुनिक बनाएर आयआर्जन गरिरहेका छन् ।’

यस्तै युवामध्येका एक हुन् कनका सुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत । कठायतले एक वर्षअघि १२ कक्षा पास गरेका हुन् । २२ वर्षीय उनले कृषिलाई पूर्णकालिन पेशा बनाएका छन् । उनको मुगुको राराताल जाने मुख्य सडकमा कर्णाली ह्याचरी पोल्टी फार्म छ । उनको फार्ममा ६ हजारभन्दा बढी कुखुरा छन् । यहाँ उनी कुखुराका चल्ला पनि उत्पादन गर्छन । उनले भने, ‘पढे लेखेरको हुँदैमा सबैले जागिर खानुपर्छ भन्ने छैन नी ।’ उनले स्थानीय जातको चल्ला उत्पादन गर्दै आएका छन् ।

कठायतका अनुसार लोकल कुखुराको बजार राम्रै भए पनि बेच्ने बेलामा बिचौलिया बोलावाला हुने गर्छ । उनले भने, ‘किसानले उत्पादन गरेका वस्तुहरू किसानले सिँधै उपभोक्तामाझ पु¥याउन सक्ने वातावरण नभएसम्म श्रमअनुसारको आम्दानी लिन सकिदैन् ।’

सरकारले कृर्षिमा अनुदान दिनुभन्दा बजारीकरणको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘बिचौलियाविना कृषि उपज बिक्री गर्न सकिदैन । त्यसैले किसानले मूल्य नपाउने हो । उता उपभोक्ताहरू पनि बढी मूल्यमा परेर मारमा छन् ।’

०६० सालमा एसएसी पास गरेर कृर्षि पेसा अङ्गालेका चन्दनाथ–५ का निरोजराज गिरी स्याउ, ओखर, लसुन, आलु, सिमी उत्पादनबाट बार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । उनी स्याउका चाना, जुस, जेली, बनाउँछन् । उनले भने, ‘मसँगै पढेका कोही शिक्षक, कोही डाक्टर बने । मलाई कृर्षिमा लागेको उनीहरू अहिले पनि गोठालो, जंगली भन्छन् । तर म यही पेशामा खुसी छु ।’

उनी यसैवर्ष मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित पनि भएका छन् । उनी कृषिमा क्रान्ती नभए देशमा भोगमारी हुने बताउँछन् । उनले भने, ‘जो जुन ठाउँमा रोजगार भए पनि दैनिक छाक टार्न कृर्षि नै चाहिन्छ ।’

०७४ सालको स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्षमा जितेकी गंगादेवी उपाध्यय पाँच वर्षे कार्यकाल सकाएर अहिले कालिज पालनमा लागेकी छिन् । उनी भन्छिन्, ‘नेपाललाई कृषि प्रधान देशको रूपमा परिभाषित गरिए पनि त्यसो हुन सकेको छैन । यो परिभाषालाई हामी सबै मिलेर अब पूरा गर्नुपर्छ ।’

उनले गौतम पशुपक्षी पालन फार्म स्थापना गरेकी छिन् । हरेक कुरालाई अलि फरक ढंगबाट गर्न खोजे सफल हुने उनी बताउँछिन् । उनी भन्छिन, ‘५० लाख लगानीमा कालिज पालन सुरु गरेकी छु । श्रीमानले पनि सघाउनु भएको छ । कालिजका चल्ला समेत उत्पादन गरिरहेका छांै ।’ गत १५ माघबाट सुरु गरेको कालिज पालन व्यवसाय र फर्मबाट अहिले १५ सयभन्दा बढी चल्ला उत्पादन भइसकेका छन् । उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो ।

यहाँ उत्पादन भएका कालिजका चल्ला एक जोडाको १८ सय, १२ सय र पाँच सयसम्म पर्छ । ठूला कालिजको २५ सयदेखि ३५ सयसम्म पर्ने गरेको छ । भाले कालिजको मुल्य ३५ सय र पोथीको मुल्य २५ सय पर्छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय पहिलो भएको बताए । उनका अनुसार कालिज पालनका लागि जुम्लामा निकै राम्रो सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस