• २०८१ साउन १ गते मङ्गलवार

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्

उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस