फागुन २५, लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थी होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो ।
अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर बेपत्ता भएकाको खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला पारेको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।