• २०८० फाल्गुन १२ गते शनिवार

आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.९ खैरेनीमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । गएराति बारबर्दिया नगरपालिका खैरेनीमा आगलागी हुँदा घरमा सुतिरहेका १४ वर्षीय बालक दिनेश चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हेमबहादुर शाहीका अनुसार उनी घरमा एक्लै सुतिरहेको अवस्थामा अचानक आगो लागेको हो । मृत्तक दिनेशका बाबु बैदेशिक रोजगारीका लागि विदेशमा रहेको र आमा र बहिनी काम विशेषले घर बाहिर रहेको शाहीले जानकारी दिए ।

बालकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस