• २०८० चैत्र १६ गते शुक्रवार

 मोटरसाइकल लिएर भागेका  युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, धनुषा । प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेका एक जना युवकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरी क्राइम ब्रान्चको मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर फरार भएका जनकपुरधाम उपमहानगरपालिका–१९ थमौनाका १९ वर्षीय टीका यादव पक्राउ परेको हो ।

यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाइकल चोरीको हो र अनुसन्धान गर्न प्रहरी कार्यालय लैजानुपर्छ भनेर प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनले मोटरसाइकल धनीलाई डर त्रास देखाएर २३ माघमा उक्त मोटरसाइकल लगेको बताउनुभयो । उनीविरुद्ध चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस