माघ २६,काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्डलमई भेट्न नेपाल खुमलटार पुगेका हुन् ।
दुई नेताबीच एमसीसी परियोजना, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको खुमलटार स्रोतले बतायो । एमसीसी संसदबाट अनुमोदन गर्ने की नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद चर्किएको बेला यो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।