• २०७९ माघ २५ गते बुधवार

झापामा अटो दुर्घटनामा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, झापा। झापाको कनकाई नगरपालिका-३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका–३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार बिहान ९ कनकाई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको मे१त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे१ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागी घाइते भएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ बर्षिय मुना कार्की गम्भीर घाइते भएकी छन् । ट्याक्टर र चालक कन्काई नगरपालिका–७ का २४ वर्षीय यतुवा मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस