• २०८१ साउन १ गते मङ्गलवार

जिसस मुगु : कमजोर एमाले

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, मुगु । स्थानीय तह चुनाव २०७९ सम्पन्न भए लगत्तै यति खेर जिल्ला समन्वय समितिको चर्चा चलेको छ । जिजसको चुनावमा कुन दलको जित हुन्छ भन्ने चासो रहेको छ। सत्ता गठबन्धनको बलियो अवस्था रहेका कारण जिससमा एमालेको दाबी पुगेको छैन।

चार स्थानीय तह रहेको मुगुमा एमाले कुनै पनि स्थानीय तहको नेृतृत्वमा पुग्न सकेन । जिल्लामा रहेका छायानाथ रारा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर र उपमेयर रहेका छन् भने मुगुम कार्मारोङ्ग गाउपालिकामा नेपाली कांग्रेस अध्यक्ष रहेको छ र नेकपा एमाले उपाध्यक्ष जितेको छ ।

सोरु गाउपालिकामा नेकपा एस अध्यक्ष र खत्याड गाउँपालिकामा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्र अध्यक्षमा जिजयी भएको छ । यसले गर्दा जिसस मुगुमा एमाले कमजोर देखिएको छ । उम्मेदवारी दर्ताका लागि आजको लागि समय तोकिएको थियो। जहाँ सत्ता गठबन्धनका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका मञ्जन कार्की र उपप्रमुखमा कांग्रेसकै नैली कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

जिसस सदस्यमा कांग्रेसबाट एक खुला पुरुष सदस्य, एक दलित अल्पसंख्यक सदस्य सहित तीन महिला सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रले एक खुला पुरुष सदस्य र एकीकृत समाजवादीले एक खुला पुरुष सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।

जिल्लामा रहेका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकामा एक मात्र नेकपा एमालेको उपाध्यक्ष जितेको थियो उक्त नेतृत्वमा पुग्न प्रस्तावक र समर्थक नपाएपछि एमालेले उम्मेदवारी दर्ता गराएको छैन । जिससमा कांग्रेसको एकल बहुमत भए पनि तीनदलीय गठबन्धनलाई कायम राख्न माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एक सदस्य दिएको नेपाली कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस