• २०८१ साउन १ गते मङ्गलवार

मेयर शाह र फ्रान्सका राजदूत गील्सविच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र फ्रान्सका राजदूत जील बुर्बाओविच भेटवार्ता भएको छ । महानगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका विषयमा छलफल भएको छ ।

भेटकाक्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफू इच्छुक रहेको बताए । उनले भने, ‘फोहोर मैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ । काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनो रेलभन्दा सहरी केबुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

भेटमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरपालिकासँग सहकार्य हुन सक्ने उल्लेख गरेका छन् । कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस