• २०८१ फाल्गुन ५ गते सोमवार

नेकपा मसालका नेता शर्मा एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा मसालको युवा संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

करिब २ दशक लामो नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस