• २०८१ साउन ८ गते मङ्गलवार

टुकुचा खोलाले बगायो मोटरसाइकल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । काठमाडौँमा परेको वर्षाका कारण टुकुचा खोलामा आएको बाढीले एकजनाको मोटरसाइकल बगाएको छ। महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा आएको बाढीले मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको हो ।

काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश(०२(०१३ प २५८८ नम्बरको मोटरसाइकल बाढीले बगाएको हो।चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको छ भने बगाएको मोटरसाइकल खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस