बैशाख २५, मोरङ । विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।