बैशाख २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको भन्दै अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउने दावी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् ।
उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन् ।
यस्तो छ ओलीको अपिल
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/05/UML-1.pdf” title=”UML (1)”]