• २०८१ बैशाख ४ गते मङ्गलवार

ओलीको प्रश्न– निर्वाचन चिह्न हरियो किन राख्ने ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । स्थानीय चुनावअन्तर्गत मतपत्रमा निर्वाचन चिह्न हरियो रंगको राख्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने र? रुखैरुख देखियोस भनेर र? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

सोमबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमा यस पटक निर्वाचन चिह्न हरियो रंगको हुने जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस