माघ २५काठमाडौँ।सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६\३० अंकले घट्दै २८ सय ३५\५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २\८२ अंकले घट्दै ५३२\४९ अंकमा सीमित भएको छ ।
यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् । १६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।