• २०८२ असार २४ गते मङ्गलवार

आफूलाई चुनाव प्रचार गर्न प्रशासनले रोकेको सागर ढकालको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौं ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको बताएका छन् ।

“मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ,” उनले लेखेका छन्, “शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।”

प्रतिक्रिया दिनुहोस