• २०७९ माघ २५ गते बुधवार

काठमाडौं क्षेत्र नं ७ ख मा पुराना नेता श्याम घिमिरेलाई टिकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । जस अन्र्तगत उत्तरी काठमाडौंका पुराना नेता श्याम घिमिरेलाई क्षेत्र ७ ख मा प्रदेश सांसदको टिकट प्रदान गरेको हो ।

तारकेश्वर नगरपालिका ३ निवास घिमिरे पुराना कम्युनिष्ट नेता हुन । काठमाडाैं ७(२) मा तारकेश्वर नगरपालिकाका ३,४,५ र नागर्जुन नगरपालिकाका १,२,३ वडा रहेका छन । स्थानिय निर्वाचनमा ३० जनप्रतिनिधी मध्ये २४ जना जनप्रतिनिधी एमालेले जितेकाे यस प्रदेश सभा निर्वाचन क्षेत्र एमालेकाे बलियाे क्षाेत्र हाे ।

प्रतिक्रिया दिनुहोस