• २०८१ माघ ९ गते बुधवार

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, धनकुटा । आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस