जेठ २४, भोजपुर। जंगली च्याउ खाँदा भोजपुरमा एक बालिकाको मृत्यु भएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।
आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुले २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।