• २०८१ असोज २२ गते मङ्गलवार

तत्काल नयाँ कमिटी ल्याउनुको विकल्प छैन : महामन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताउनुभएको छ । २७ गतेको कार्यसम्पादन समितिको बैठकअघि म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा सोमबार छलफल हुने थापाको भनाइ छ ।

काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याइने थापाले बताउनुभभयो । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको विधानको धारा ४२ मा भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त व्यवस्था छ । अब हामीले चाहेर पनि केही गर्न सक्दैनौँ । हामीले विधान बनाउँदा पनि पार्टीमा गएपछि खाली हुने व्यवस्था गरिदियौँ । अब खाली भयो । अब नयाँ कमिटी बनाउने भन्दा अर्को विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस