• २०८१ माघ ९ गते बुधवार

नियन्त्रित लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, सप्तरी । राजगढ गाउँपालिका-२ बरदियानी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध ५१ पत्ता स्पास्मो प्रोक्सिभन, ४ बोतल डाइलेक्स डिसि र ४ ट्याब्लेट नाईट्राभेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विष्णुपुर गाउँपालिका-४ बस्ने २३ वर्षीय श्याम कुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका-८ बस्ने २० वर्षीय प्रमानन्द महतो रहेका छन् । प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले भारतबाट साइकलमा आउँदै गरेका श्याम कुमारलाई जाँच गर्नेक्रममा झोलाभित्र ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनीसँगै आएका प्रमानन्दलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस