• २०८१ असोज २२ गते मङ्गलवार

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस