• २०८१ फाल्गुन ७ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, भक्तपुर ।   जिल्लाको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली चोकनजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरी वृत्त थिमिका अनुसार गएराति काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिदा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिएर सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस