• २०८१ भाद्र २४ गते सोमवार

लमजुङका ३७ घरेलु उधोग खारेज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, लमजुङ । लमजुङका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि २१ असारसम्ममा खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले जानकारी दिइन् ।

थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन् । यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस