• २०८१ फाल्गुन ७ गते बुधवार

मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो ।

लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भारतीय नागरिक भएको आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस