• २०८० फाल्गुन १२ गते शनिवार

१५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, अर्घाखाँची । १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस