• २०८१ जेष्ठ ३१ गते बिहिवार

शीर्ष स्थानमा टाटा नेक्सन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२,काठमाडौं । सन् २०२२ को फेबु्रअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल भएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा रहन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेबु्रअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ ।

यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयुभी हो ।

नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब–फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित छ । फेबु्रअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्रि गरेर परेको छ । जुन गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो ।

यसबाहेक सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ । त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी–३०० परेको छ । केहि महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबूत गर्दै लगेको छ ।

प्रतिक्रिया दिनुहोस