फागुन २२, काठमाडौं। राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । नेता शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।
तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।
शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।