माघ २३, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन निर्देशन गरेको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो ।