माघ २३, ग्रीस । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँ कोभिड-१९ सङ्क्रमित हुनुहुन्छ । म राष्ट्रपति र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु । मित्सोटाकिसले शनिबार ट्विटरमा लेख्नुभएको छ।
अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उहाँ र उहाँकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित हुनुभएको उल्लेख गर्नुभएको थियो। राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाउँनु भएको छ ।
भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन र साइप्रस मुद्दाका कारण हालैका वर्षहरूमा ग्रीस र टर्कीबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।