• २०८० मङ्सिर १२ गते मङ्गलवार

एकीकरण पदयात्रा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौँ। ‘तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८’ विविध कार्यक्रम गरी पुस २७ गते मनाउने सिलसिलामा नेपाल एकीकरणमा गोर्खाली सेनाले प्रयोग गरेको पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु भएको छ ।

गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँको हनुमान ढोकामा पुस २६ गते आइपुग्ने छ । नेपालको राष्ट्रिय झण्डा, नेपाली सेना पुराना युनिटका झण्डा र टर्चसहित गोरखमा तैनाथ रिपुमर्दनी गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीले पदयात्रा कार्यक्रम आरम्भ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देेशनालयले जनाएको छ ।

मध्य कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, गोरखा नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी, बाहिनीपति, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राष्ट्रिय सेवादलमा आबद्ध छात्रछात्रासमेत सुभारम्भ कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

पदयात्रा टोलीले धादिङमा तैनाथ फौजलाई, धादिङले नुवाकोटलाई, नुवाकोटले नागार्जुनमा फौजलाई र नागार्जुन फौजले हनुमानढोकामा तैनाथ फौजलाई टर्चसहितका सामग्री हस्तान्तरण गर्नेछ । उक्त पदयात्रा पुस २७ मा राष्ट्रनिर्माताको जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस