• २०८१ जेष्ठ ३१ गते बिहिवार

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२,गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ«े मर्दीलगायतका हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस