• २०८१ असोज २२ गते मङ्गलवार

सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समिति बैठकले गर्‍यो दुई निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२,काठमाडौं। काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले दुई वटा विषयमा छलफल गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको छ ।

कार्कीका अनुसार बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ । आगामी माघ १२ गते १९ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस