काठमाडौं-३१ मा एमाले विजयी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रानाले २ हजार ९९१ मत पाए । वडाको खुल्ला सदस्य एक जना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस