थप ११ जनामा कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा थप ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएकाे छ । याेसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ६२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ४८ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा १२ जना डिस्चार्ज भएका छन । याेसगैं आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ९ सय ६२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस